आज साउनको पहिलो सोमबार, पशुपतिका साथै देशैभरका शिव मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं,
साउन ५ ।

साउनको पहिलो सोमबार आज काठमडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । झरीको पर्वाह नगरी राति नैदेखि श्रद्धालु भक्तजन पशुपतिनाथको दर्शन गर्न गएका हुन् ।

आज साउनको पहिलो सोमबार भएकाले देशैभरीका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयहरूमा भीड लाग्ने गर्छ ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने प्रचलन छ । साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।

यसमा तपाइको मत

अन्य समाचार