रबिको शब्दमा आशुको अर्थ खोज्दै शिव परियार

काठमाडौं,
मंसिर १६ ।

गायक शिव परियारको नयाँ गीत सार्वजनिक गरिएको छ । सयौँ हिट गीत दिएर लाखौ दर्शक तथा स्रोतको मन बस्न सफल गायक शिव परियारको ‘आँशुको अर्थ’ बोलको गीतको अडियो युटुब बाट रिलिज गरिएको हो ।

यस अघि आएका गीत जस्तै यस गीतलाई पनि दर्शक तथा स्रोतले मन पराउने गायक परियारको विश्वास रहेको छ । सञ्चारकर्मी रबि अधिकारीले लेखेको गीतमा टंक बुढाथोकिले सङ्गीत गरेका छन् ।

यस गीतलाई कभर गीत गाउनेलाई गायक तथा सङ्गीतकार टंक बुढाथोकिको स्टुडियो ९ मा निशुल्क रेकडको समेत व्यवस्था गरिएको जनाइएको छ ।

साथै यस गीतको कभर भिडियो निर्माण गरेर namastefilmy @gmail .com पठाऊन सक्ने भनिएको छ । उत्कृस्ट भिडियो निर्देशक र उत्कृस्ट अभिनय गर्नेलाई गीतको ओरिजिनल भिडियोमा अभिनय तथा निर्देशन को मौका दिनुको साथै नगद पुरुस्कार समेत पाउने अधिकारीले बताए ।

यस्तो छ गीतः–

यसमा तपाइको मत

अन्य समाचार