काठमाडौं,
मंसिर १० ।
गायक तुलसी सिवाकोटीको सार्वजनिक भएको ‘म त मान्छे सिधा साधा’ बोलको आधुनिक गीतमा अनु शाहले तेस्रो लिंगीको भूमिका निर्वाह गरेकी छिन् ।
सुर्य खत्रीको शब्द रहेको रोमान्टिक शैलीको उक्त गीतमा अनु शाहको साथमा गायक शिवाकोटीले नै अभिनय गरेका छन् ।
लिला सिवाकोटीको सङ्गीत र निरज श्रेष्ठको एरेन्ज रहेको गीतको म्यूजिक भिडियो रोमान्टिक शैलीमा निर्माण भएको छ । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोका सम्पादक निशान घिमिरे हुन् ।






