डब्बु र नारायणको ‘तिमीलाई नै’मा प्रतीक्षा र यसराजको प्रेम (भिडियोसहित)

काठमाडौं,
साउन १३ ।

नारायण थापाको स्वर र संगीतमा रहेको आधुनिक गीत ‘तिमीलाई नै’ सार्वजनिक भएको छ । पत्रकार डब्बु क्षेत्रीको शब्द रचना रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

डब्बुकै निर्देशन र कृष्ण रसालको कोरियोग्राफ रहेको गीतको भिडियोमा कलाकार यसराज गराच र प्रतिक्षा काफ्लेको अभिनय छ । भिडियोमा वीरेन्द्र भाट ‘विपिन’को सम्पादन र प्रविण सुवेदीको छायांकन छ ।

गीतको भिडियोमा यसराज र प्रतीक्षाको जोडीलाई निकै आकर्षक देखिएको छ । गीतको भिडियोलाई सर्लाहीको भरतताललगायत विभिन्न रमणीय स्थालमा छायांकन गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार