काठमाडौं,
असार ६ ।
सङ्गीतकार सन्तोष श्रेष्ठलाई पितृशोक परेको छ । सन्तोषका पिता यज्ञबहादुर श्रेष्ठको उपचारको क्रममा सोमबार राप्ती विज्ञान प्रतिष्ठान दाङ घोराहीमा देहावसान भएको हो । दाङ घोराही-१२ हापुर बगिया निवासी यज्ञबहादुर ७७ वर्षको हुनुहुन्थ्यो ।
अभिभावक गुमाउनु भएका सन्तो श्रेष्ठसहित सम्पूर्ण शोक सन्तप्त परिवारजनमा मिलाप राष्ट्रिय मासिक तथा मिलाप पव्लिकेशन परिवारजनमा समवेदना प्रकट गर्दै दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दछ ।






