जनताले परिणाम खोजेका छन्

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
माघ ७ ।

नयाँ सरकार बनेसँगै केही थोरै भए पनि जनतामा आशा पलाएको छ । जनतामा पलाएको आशा मर्न दिनु हुँदैन । यो सरकारको दायित्व र कर्तव्य दुबै हो । जनतामा निराशा छायो भने देशमा समस्या उत्पन्न हुन सक्छ । त्यसो भएकोले सरकारले समयमै देश र जनताकोे पक्षमा काम गरेर देखाउनुपर्छ । जनता आशावादी हुनु भनेको राम्रो सङ्केत हो । नयाँ सरकार सामु अबसरसँगै चुनौति पनि छन् । बर्तमान प्रचण्ड सरकारले चुनौतिलाई पार गर्दै राम्रो काम गरेर देखाउनु पर्ने आबश्यकता देखिएको छ ।

अब राजनीतिक दल र तिनका नेताहरू मुलुकप्रति चिन्तित बन्नुपर्ने बेला आएको छ । राजनीतिक दल र तिनका नेताहरू इमान्दार नबन्दासम्म देश बन्न सक्दैन । सबै भन्दा ठूलो कुरा इमान्दारीता हो । देश बनाउने भनेको इमान्दार र दुरदर्शी नेताले हो । राजनीतिमा दुरदर्शीता चाहिन्छ ।अहिलेसम्म दलका हर्ताकर्ताहरूले आफनो स्वार्थ बाहेक अरु केही हेरेनन् । त्यसले गर्दा पनि देश बन्न नसकेको हो । अब त्यस्तो हुन दिनु हुँदैन । मुलुकलाई बिकास र समृद्धिको यात्रामा अघि बढाउन सबैले आ–आफनो ठाउँबाट सहयोग गर्नुपर्छ । देश बनाउने भनेको मिलेर हो ।

अब सरकारले चुनावका बेला जनतालाई दिएका आश्वासन र प्रतिबद्धता कार्यान्वयनमा देखाउनु पर्छ । जनताले खोजेको कुरा नै यो छ अहिले । आज देशमा बेरोजगारी समस्या दिन प्रति दिन बढदै छ । बेरोजगारलाई रोजगार दिनु राज्यको कर्तब्य हो । राज्यले यो कुरामा बिशेष ध्यान दिनुपर्ने आबश्यकता छ । स्वदेशमा काम नपाएपछि आफ्नो जहानपरिवार पाल्नका लागि धेरै युवाहरू बाध्यात्मकरूपमा विदेसिनुपर्ने अवस्था छ । गाउँघरमा वृद्ध आमाबाबु बाहेक अरु बस्न छोडे । यो ठूलो समस्या हो । देशमा सामान्य जीविकोपार्जन गर्न सकिने अवस्था सिर्जना गरेर राज्यले चमत्कार देखाउन सके सबै खुशी हुनेथिए । युवाशक्ति विदेसिनाले देशमा जनशक्तिको अभाव भइरहेको छ । रहरले कोही खाडी मुलुक गएका छैनन् त्यो सब बाध्यात्मक हो ।

अब सरकारले देशमै रोजगारी सिर्जना गर्ने बातावरण मिलाउनुपर्छ । सधै भरी मुलुक यस्तै अबस्थामा रहन सक्दैन । विकास र समृद्धि आजको आबश्यकता हो । अब सरकार गम्भिर भएर अघि बढनुपर्छ । अब कुरा गरेर होइन, काम गरेर देखाउनु पर्छ । जनताले परिणाम खोजेका छन् । अब सरकारले स्वरोजगारका सम्भाव्यताको खोजी गर्नुपर्छ । पढे लेखेका अधिकांश युवा काम नपाएर सडकमा भौतारीरहेको हामीले देखिरहेका छौ । बेरोजगारी समस्या भनेको ठूलो समस्या हो । यो समस्या छिटो हलगदैं जानुपर्छ । समस्या आउछन तर ती समस्यासँग डटेर अघि बढने आँट र साहस गर्नुपर्छ । बर्तमान सरकार देश प्रति गम्भिर भएको देखिन्छ । तर, काम गदै जादा यो सरकारको गति कस्तो हुन्छ त्यो त हेर्न बाँकी नै छ । अब सरकारले गतिका साथ काम गरेर जनतालाई परिणाम दिनुपर्छ ।

यसमा तपाइको मत

अन्य समाचार