काठमाडौं,
कात्तिक २ ।
काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार नेपाल– तिब्बत सीमा क्षेत्रमा ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पपछि काठमाडौंमा मान्छेहरू घर बाहिर निस्केका थिए ।






