✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
असार ७ ।
यतिवेला मुलुकका सामु तमाम समस्या छन् । यी समस्या समाधान गर्न दलहरू त्यति गम्भिर भएको देखिदैन । जनताको पसिना र जनताले तिरेको करमा मनपरि रमाउनेहरूलाई देशको बारेमा कुनै चिन्ता छैन । उनीहरू आफनै ब्यक्तिगत स्वार्थमा रमाइरहेका छन् । आज देश गम्भिर सङ्कटमा फसेको छ । देशको भबिश्य सोच्ने फुर्सद कसैलाई छैन । लुट्नेले लुटिरहेका छन, रात दिन पसिना बगाउने श्रमिकहरूको अबस्था कस्टकर छ । उनीहरू आफ्नो दैनिक गुजरा चलाउन सकिरहेका छैनन् ।
देशमा सुशासन छैन, जता गएपनि अनियमितता मात्र छ । यसरी देश बनाउन सकिदैन र बन्न सक्दैन । अब नेतृत्वले सोच्नु पर्ने बेला भयो । देशमा राजनीति दलहरू धेरै भए । संसददेखि संसद बाहिरका राजनीति पार्टीहरू पनि छन् । बेरोजगारहरूको भिड जम्मा गर्ने राजनीति पार्टीबाट अब केही हुँदैन भन्ने जनताले बिस्तारै बुझदै जान थालेका छन् । सरकार मुलुकमा सुशासन कायम गर्न सकेको छैन । सेवाप्रवाह प्रभावकारी बनाउन सकेको छैन । बर्तमान सरकार सबै कुरामा असफल देखिएको छ । भ्रष्टाचार र अनियमितताले देश खोक्रो बन्दै गएको छ । भ्रष्टाचार रोकिनुपर्छ, सुशासन कायम हुनुपर्छ । राजनीतिक क्षेत्र नै अत्याधिक भ्रष्ट हुन पुगेको छ । जसको कारण शासकीय व्यवस्थामा नै गम्भीर समस्या देखिन थालेका छन् ।
राजनीतिक दल र विशेषगरी सत्तामा गएकाहरू कमाउ धन्दामा लिप्त छन् । जनताले भने दुःख पाइरहेका छन् । शासक गैरजिम्मेवार भएपछि जनताले दुःख पाउने नै भए । उनीहरूलाई जनताले भोग्नुपरेको पीडा मर्कासँग कुनै सरोकार छैन । सरकारमा बस्नेहरू आफ्नालाई मात्रै पोस्ने काममा लिप्त हुन पुगेका छन् । मुलुकलाई बनाउने र बिगार्ने प्रमुख भूमिका राजनीतिक दलकै हो । अहिलेसम्म राजनीतिक दलहरूले मुलुकलाई बनाउन सकेनन् । अब के गर्छन थाहा छैन । दलहरूले देश र जनताको भबिश्य माथि धेरै खेलवाड गदै आएका छन् । अब दलहरू सच्चिनु पर्ने छ, यदी दलहरू र तिनका नेताहरू नसच्चिने हो भने उनीहरू आफैँ सिधिन्छन ।
जनताले धेरै कुरा बुझि सकेका छन् । अब जनतालाई भ्रममा पार्ने र जनतालाई बेइमान गर्ने जमना गइसको छ । सरकारमा गएर दलका नेताहरूले त्यति राम्रोसँग सत्ता चलाउन सकिरहेका छैनन् । देशमा सुशासन कायम गराउन नसक्ने सरकारले अरु के गर्न सक्छ ? विशेषगरी ठूला दल कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जसपा लगायतका अधिकांश नेता नै सुशासन कायम गराउने कुरामा ध्यान दिएको देखिदैन । देशमा कुशासनको जालो छ । जनताको पीरमर्का र दुःखसुखसँग उनीहरू बेखबर जस्तै बन्दै आइरहेका छन् । बढिरहेको भ्रष्टाचार, अनियमितताले देश थला परेको छ । बेरोजगारी समस्या त्यस्तै छ । हाम्रा सामु ठूला–ठूला समस्या आइरहेका छन् । यस्ता समस्याको समाधान तत्काल गर्नुपर्छ ।
अब मुलुकको विकास र समृद्धिका लागि सबै राजनीति दल एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन । प्रमुख राजनीतिक दलमा नै विचलन आउन थालेको छ । राजनीतिक दलहरू इमानदार बन्न सक्ने हो भने शासकीय व्यवस्था पनि असफल हुँदै जान्छ । जनतामा निराशा छाउन दिनु हुँदैन । यति यस्तो भइरह्यो भने यसले विस्फोटको रुप लिनसक्ने छ । यसतर्फ समयमै सचेतता अपनाउन आवश्यक देखिन्छ ।






