काठमाडौं,
भाद्र २९ ।
गीतकार माया मगरले आफ्नो एकल गीतहरुको सङ्गालो ‘माया’ लिएर आएकी छन् । उनको एल्वम राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।
सार्वजनिक एल्बममा गायक तथा सङ्गीतकार उत्तमजंग लिम्बूको एकल सङ्गीत रहेको छ भने पछिल्लो समयकी चर्चित गायिका मेलिना राईको आवाज समेटिएको छ ।
एल्बममा गाउँकी छोरी, चाहिँदैन रेशमको साडी, पल पल, बदनाम भएँ, भुँन भुँन गर्ने र ठिटी झापाली बोलका गीत रहेका छन् । एल्बममा समावेश गीतमध्ये गाउँकी छोरी बोल गीतको भिडियो समेत सार्वजनिक गरिएको छ ।
गाउँकी छोरी’ गीतको भिडियोमा मोडल अलिशा राई गाउँकी छोरी बनेकी छन् । कलम राईको निर्देशनमा बनेको यस भिडियोलाई सौरभ लामाले खिचेका हुन् । सुप्रिम पराजुलीले सम्पादन गरेको यो भिडियो निकै उत्कृष्ट बनेको छ ।






