‘लाखे’ का लागि अडिसनमार्फत छानिए दश कलाकार

काठमाडौं,
मंसिर २० ।

चलचित्र ‘लाखे’ का लागि दश कलाकार छनौट भएका छन् । निर्माण युनिटले हालै थापागाउँ स्थित कान्तिपुर फिल्म कलेजमा एक अडिसन गर्दै चलचित्रका लागि एक सह–अभिनेत्री, एक बालकलाकारसहित विभिन्न चरित्रका लागि दश कलाकार छानेको हो ।

‘फिल्मको पात्र अनुसार अहिले अडिसन दिने मध्यबाट दश कलाकार छानिएका छन्’ चलचित्रका निर्देशक सम्राट बस्नेतले भन्नुभयो ‘थप छानिने कलाकारको सूचि फिल्मको आधिकारिक फेसबुक पेज तथा इस्टाग्राममार्फत सार्वजनिक गरिनेछ ।’

चलचित्रका लागि अडिसनमार्फत पहिलो चरणमा सहनायिका रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्रबहादुर बिष्ट, सुजन ए.परियार, श्रवणकुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी रहनु भएको छ । २०० बढी ब्यक्तिले चलचित्रका लागि अडिसन दिएको कार्यकारी निर्माता हरि मल्ल ठकुरी कार्यकारीले बताउनुभयो ।

सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकारको अभिनय रहने चलचित्रका लागि मुख्य अभिनेत्री भने छनौट हुन बाँकी रहेको छ ।

ठूलो बजेटमा निर्माण हुने बताइएको चलचित्रको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा बिषयबस्तुमा पुरै नसमेटिएको निर्देशक बस्नेतले बताउनुभयो । ‘नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उद्देश्यले चलचित्रको नाम लागेको जुर्‍याइएको हो’ निर्देशक बस्नेते भन्नुभयो । दीलिप पन्त प्रोडक्सन डिजाइनर रहेको चलचित्रको छायांकन पुषको दोस्रो साताबाट सुरु हुनेछ ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लि. र औरियन प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सिजन अर्याल हुनुहुन्छ । कथासमेत निर्माता अर्यालकै रहेको चलचित्रमा गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहनु भएको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार