‘छेक्यो मायालु’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
मंसिर ७ ।

पूर्वाञ्चलको बिभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको ‘छेक्यो मायालु’ गीतको भिडियो अमेरिकाबाट सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द, सङ्गीत तथा तारा लावतिको स्वर रहेको गीतको भिडियोलाई सागर केरुङले निर्देशन गर्नुभएको छ ।

माता पाथीभरा फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण गरिएको गीतको भिडियोको निर्माता चलचित्र निर्देशक किशोर सुब्बा हुनुहुन्छ । मधुराज केरुङ, तरा लिङ्देन, लेन्जो इङ्वा, रुपा तुम्रोक, निङ्वा नेम्बाङ, बिबेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघा लगायतले भिडियोमा अभिनय गर्नुभएको छ ।

भिडियोको छायांकन सञ्जय आचार्य, शृंङ्गार अमृता, ड्रोन अपरेटर फुङ्सो जबेगु, प्रकाश संयोजन निश्चल आचार्यले गर्नुभएको छ । भिडियो जेपीजे इन्टरटेनमेन्ट अनलाई टिभी च्यानल अमेरिकाबाट सार्वजनिक भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार