नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं,
कात्तिक ५ ।

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरस्थित पुष्पलाल स्मृति भवन च्यासलमा बिहीबारदेखि सुरु भएको स्थायी कमिटी बैठक पार्टीको दशौं राष्ट्रिय महाधिवेशन तथा समसामयिक विषयमा केन्द्रित छ ।

शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा महाधिवेशनसँग सम्बन्धित केही विषय तथा १० बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार आज १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गर्ने भएको छ।

बिहीबारको बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको दशौँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो । महाधिवेशनका लागि बागमती प्रदेशका इन्चार्ज रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरिएको थियो । एमालेले वडास्तरमा कात्तिक ६ र स्थानीय तह स्तरमा कात्तिक ९ गते अधिवेशन गर्ने तय गरेको छ।

यसमा तपाइको मत

अन्य समाचार