गीत : अब म तिम्रै वर्णन गरुँ

✍️ डम्बर बिकेल
काठमाडौं,
कात्तिक ५ ।

फूलको कति वर्णन गरुँ, जूनको कति वर्णन गरुँ
अघि बढी एक कदम, अब म तिम्रै वर्णन गरुँ ।

सबैभन्दा राम्रो फूल भन्थेँ उसैगरि राम्रो जून भन्थेँ
बिछट्टै राम्री रैछौ तिमी,नबुझेरै अरु सुन भन्थेँ
परीको कति वर्णन गरुँ,चरीको कति वर्णन गरुँ
अघि बढी एक कदम, अब म तिम्रै वर्णन गरुँ ।।

सबैभन्दा राम्रो हिरा ठान्थेँ उसैगरि राम्रो मोती ठान्थेँ
बिछट्टै राम्री रैछौ तिमी,नबुझेरै अरु ज्योति ठान्थेँ
स्वर्गको कति वर्णन गरुँ, स्वर्णको कति वर्णन गरुँ
अघि बढी एक कदम, अब म तिम्रै वर्णन गरुँ ।।

यसमा तपाइको मत

अन्य समाचार