काठमाडौं,
असोज २७ ।
जीवन शाहीको निर्देशनमा रहेको ‘दशैँ, तिहार…’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रकाश घिमिरेको शब्द, डम्बर खापुङ, ललिता राई, हिमेश र मोनिको स्वर रहेको गीतमा डम्बरको संगीत संयोजन रहेको छ ।
दीपने वस्नेतको छायाँकन र सम्पादन रहेको गीतमा नेपालीहरूका महान् पर्व दशैँ र तिहारको रमाइलो र यसका विविध पक्षका बारेमा वर्णन गरिएको छ ।
गीतको भिडियोमा निर्देशकसँगै गायक गायिका र सरस्वती खत्री, सोनी लहगुन, सुनिता गिरी, मेनुका गुरुङ, समिर तामाङ, पुष्पराज सहकर्मी, दिनेश थापालाई फिचरिङ गरिएको छ ।






