नेपाल-भारत साहित्य यात्राको दोस्रो संस्करण हुने

काठमाडौं,
असोज ४ ।

नेपाल-भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल-भारत दोस्रो साहित्य महोत्सव २०२२ काठमाडौंमा हुने भएको छ । परिस्थिति अनुकूल भएमा आगामी २६-२८ फरवरी सन् २०२२ मा महोत्सवको आयोजन गरिने भएको छ ।

नेपाल–भारत बीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्यले सुरु भएको साहित्य महोत्सव पहिलो पटक वीरगञ्नमा सम्पन्न भएको थियो ।

महोत्सवमा हुने पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, पुस्तक विमोचन, वरिष्ठ लेखक एवम् संस्कृतिकर्मीसँग साक्षात्कार, लघुकथा वाचन, अनुवाद सत्र, साँस्कृतिक कार्यक्रम, कवि सम्मेलन जस्ता कार्यक्रमहरू बताइएको छ ।

महोत्सव तयारीका बारेमा सोमबार काठमाडौंमा एक छलफल कार्यक्रम सम्पन्न भएको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिनुभयो ।

सम्मेलनमा भारतबाट १५० जना साहित्यकारहरूको सहभागिता हुनेछ । साथै नेपालबाट सातै प्रदेशको प्रतिनिधित्व हुनेछ ।

महोत्सव तयारी छलफलमा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार, साहित्यकार राधेश्याम लेकाली, कलाकार एवम् साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, कवि एवम् समालोचक प्रमोद प्रधान, सङ्गीतकार बुलु मुकारुङ, कवि मुरारी सिग्देल, सर्जक अस्मिता सुमार्गी, साहित्यकारहरू कमला ओली थापा, मन्जिला अनिल र पारु तिमिल्सिनाको सहभागिता थियो ।

छलफलमा भारतका तर्फबाट मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ) आयोजक समितिका अध्यक्ष डा. विजय पण्डितको सहभागिता थियो ।

यसमा तपाइको मत

अन्य समाचार