प्रितम र जिग्मेको स्वरमा ‘हाम्रो माया’ (भिडियोसहित)

काठमाडौं,
भदौ २६ ।

गीतकार तथा निर्देशक दर्पन राईद्वारा लिखित तथा निर्देशित गीत ‘हाम्रो माया’ सार्वजनिक भएको छ । एमएमएस इन्टरटेनमेन्टमार्फत् सार्वजनिक भएको गीतमा गायक प्रितम आचार्य र जिग्मे छ्योकी घिसिङको स्वर र अजय कार्कीको सङ्गीत छ ।

भारतीय रियालिटी शो ‘सारेगमप’मा ‘सेकेण्ड रनरअप’ हुनुभएका आचार्य र ‘तिम्ले बाटो फेर्‍यौ अरे’ को किड भर्सन गाएर चर्चामा आउनुभएकी घिसिङले नै गीतको भिडियोमा फिचर्ड हुनुहुन्छ ।

विनय कार्कीको मिक्सिङ रहेको गीतको रेकर्डिङ ए वान म्युजिसियनमा रेकर्डिङ गरिएको हो । अनिल के मानन्धरको छायांकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार