थप एक हजार १४६ जनामा कोरोना संक्रमण, २१ को मृत्यु 

काठमाडौं, 

भदौ २५ ।

शुक्रबार थप एक हजार १४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको आठ हजार ५४९ जनाको पिसिआर परीक्षणमा ९६१ र दुई हजार ३६७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८५ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या आठ लाख ६१ हजार ९५२ पुगेको छ ।

पछिल्लो समय देशभर रहेका सक्रिय संक्रमितमध्ये २६ हजार २९६ जना होम आइसोलेसनमा छन् भने एक हजार ६६२ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये देशभकार विभिन्न अस्पतालमा ४५८ जनाको आईसीयू र १४५ जनाको भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै शुक्रबार थप एक हजार ६६० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ३६ हजार ६६६ पुगेको छ । निको हुने दर ९५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

शुक्रबार थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार