छोक : संसार

✍️ पेशल आचार्य
काठमाडौं,
भदौ ५ ।

सार नै संसार
निचोड
गुदी
रस
जे भने पनि
जसरी बुझे पनि
नित्य नवीन
एउटै कुरो
याने चुरो कुरो
संसार,

यो हाम्रो संसार
अर्को छ भने कुनै संसार
के थाहा त्यसको

आकार, प्रकार र परिभाषा
के छ
कस्तो छ
कहाँ छ
त्यो सबै अनजान मै छ
तर सन्धान जारी छ
खोज अनवरत छ ।।

यसमा तपाइको मत

अन्य समाचार