मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१ का लागि रोजिन शाक्यबाट अनलाइन ग्रुमिङ

काठमाडौं,
साउन १२ ।

नेपालको फेसन र मोडलिङ क्षेत्रले विभिन्न स्वरुप र तरिकाले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति र पहिचान बढाउने क्रम बढ्दो छ । यसै सन्दर्भ नेपालका फेसन कोरियोग्राफर एवम् सञ्चारकर्मी रोजिन शाक्यले भारतमा सञ्चालन हुँदै गरेको एउटा सौन्दर्य प्रतियोगिताका लागि अनलाइन माध्यमबाट ग्रुमिङ कक्षा सम्पन्न गरेका छन् ।

म्रुनाल इन्टरटेन्मेन्ट एण्ड ग्रुमिङको आयोजनामा भारतमा राष्ट्रिय स्तरमा आयोजना हुँदै गरेको ‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का प्रतिस्पर्धीहरूलाई नेपाली फेसन कोरियोग्राफर रोजिन शाक्यले हालै मात्र गुगलमीटको माध्यमबाट अनलाइनमार्फत् गु्रमिङ सेसन सम्पन्न गर्नुभएको हो ।

विशेषतः गरी स्टेज प्रस्तुतिकरण, प्रतियोगितामा सहभागिले गर्नुपर्ने तयारी, उसको उद्देश्य र प्रतियोगिताको उपयोगिता तथा अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा उक्त ग्रुमिङ सेसन केन्द्रित रहेको थियो ।

उक्त ग्रुमिङ सेसनपछि प्राप्त प्रतिक्रिया अनुसार सबै सहभागिहरूले सो ग्रुमिङ कक्षा निकै फलदायी भएको जनाएका छन् । प्रतियोगिताका सहभागि प्रणालीका अनुसार यो सेसन मानसिक र व्यक्तित्व विकासका दृष्टिकोणले निकै राम्रो रह्यो । अर्की सहभागि गौरी ठोरतका अनुसार यो सेसन अत्यन्त प्रेरणादायी रह्यो ।

आफूभित्रको सकरात्मक र सशक्त पक्षको खोजी, विकास र प्रयोगका लागि यसले उर्जा प्रदान गरेको उहाँको भनाई छ । यो सेसन अन्तक्र्रियात्मक र पथ प्रदर्शक रुपमा रहेको तथा सकरात्मक भई प्रतियोगिताबाट प्राप्त गर्न सकिने लाभका बारेमा सुक्ष्म रुपमा सोच्न प्रेरित गरेको भन्ने प्रतिक्रिया अर्की सहभागि प्रियंका सिन्डेले बताउनुभयो ।

मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१ म्रुनाल इन्टरटेन्मेन्ट एण्ड ग्रुमिङको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता हो । यस प्रतियोगिताकाले विजेताले भारतलाई प्रतिनिधित्व गर्दै ईप्लानेट प्रा.लि.को ब्यानरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज पेजेन्टस्मा भारतको तर्फबाट सहभागिता जनाउने छन् ।

यसमा तपाइको मत

अन्य समाचार