काठमाडौं,
साउन ४ ।
प्रमोद खरेलको स्वरमा रहेको गीत ‘बैगुनी’ सार्वजनिक भएको छ । दीपक थापा मैथेनको शब्द तथा बिलन थापाको सङ्गीत, बिलन थापाको एरेञ्ज र मनबहादुर बरालको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा दीपक थापा मैथेन, आस्था जोशी, मनीष श्रेष्ठ र सन्तोष राईको अभिनय छ । भिडियोका सम्पादन, छायांकार र निर्देशक कुशल श्रेष्ठ हुनुहुन्छ भने भिडियोमा नवीन निरौलाको कलर छ । गीत लेकाली स्टुडियोमा रेकर्ड गरिएको हो ।






