लोकप्रिय बन्दै ट्वाक्क टुक्क

काठमाडौं
माघ २४ ।
हरेक शुक्रबार साँझ ८ः३०मा कान्तिपुर टेलिभिजनबाट आउने हास्य धारावाहिक ‘ट्वाक्क टुक्क रिटन्स’ दर्शकमाझ लोकप्रिय हुँदै गएको छ । आवाजको दुनियाको साथिका नामले चरिपरिचित दिनेश डिसीको होम प्रोडक्सन तथा निर्देशनमा तयार पारिएको ट्वाक्क टुक्क रिटन्समा विभिन्न कलाकारको जमघट देख्न पाइन्छ ।

२० वर्षअघि नै टेलिभिजनमा अत्यधिक रुचाइएको हास्यश्रृंखला ‘ट्वाक्क टुक्क’ नयाँ स्वरूपमा पुनः प्रसारण हुन थालेको हो । ‘ट्वाक्क टुक्क रिटन्स’ शीर्षकमा निर्देशक दिनेश डिसीले यो श्रृंखलालाई कान्तिपुर टेलिभिजनमार्फत दर्शकमाझ पुनः लिएर आएका हुन । नेपाली दर्शकहरु माझ लोकप्रिय हुँदै गएको ‘ट्वाक्क टुक्क रिटन्स’लाई आउँदा दिनहरुमा अझ परिमार्जित गर्दै दर्शकको चाहना तथा मागलाई ध्यान दिदै समसामाहिक कथा बस्तुमा प्रस्तुत गरिने डिसी बताउछन ।

श्रृंखलामा निर्देशक दिनेश डिसीसहित हास्य कलाकार महादेव त्रिपाठी, अञ्जु थापा, सुरेन्द्र केसी, शिब शंकर रिजाल, गोपाल ढकाल, गिरि राज, सुशीला निरौला, यसुदा गिरी, जनक खड्कालगायतका कलाकारले अभिनय गरिरहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार