बाढी पहिरो प्रभावितको उद्धार, राहत र प्रभावकारी व्यवस्थापन गर्न पूर्वराजा शाहको आह्वान

काठमाडौं,
असार ३ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी-पहिरोसहितका प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनिकरण तथा नागरिकको सेवाका लागि सबै जिम्मेवार बन्न आग्रह गर्नुभएको छ । बिहीबार वक्तव्य जारी गरेर पूर्वराजा शाहले प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकाले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवम् राहतकारी व्यवस्था मिलाउने विषयमा सबै पक्षको गम्भीर ध्यान जानु पर्ने उल्लेख गर्नुभएको हो ।

देश कोभिड-१९ को महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति आइपरेको भन्दै पूर्व राजा शाहले यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनीकरण गर्नेतर्फ जिम्मेवार बन्नुपर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले वक्तव्यमा भन्नुभएको छ, ‘अवस्था विकराल नहोस्, अपार क्षति नहोस् र जनकल्याणकारी प्रवन्ध प्रभावकारी रुपमा होस् भन्ने हाम्रो आग्रह छ ।’ वक्तब्यमा पुर्व राजा शाहले हिमाल, पहाड र तराईका धेरै जिल्लामा जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवं ग्रामीण तथा शहरी वस्तीका बासिन्दाको उठिबास भएको खबरले आफूलाई दुःखित तुल्याएको उल्लेख गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार