‘ए मेरो असफल मायालु…’ भन्दै हेमन्त र एलिना (भिडियोसहित)

काठमाडौं
असार २ ।

गायक हेमन्त शर्मा आफ्नो नयाँ यूगल गीत ‘ए मेरो असफल मायालु…’ मार्फत दर्शक तथा स्रोतामाझ आउनु भएको छ । यो गीतको भिडियो गायक शर्माकै यूट्युबमार्फत सार्वजनिक भएको हो ।

गीतमा गायक शर्माकै शब्द तथा सङ्गीत छ भने गायक शर्मालाई गायिका एलिना चौहानले गायनमा साथ दिनुभएको छ । गीतको भिडियोमा गायक शर्मा तथा गायिका चौहानले नै अभिनय गर्नुभएको छ ।

निकेश खड्काद्वारा निर्देशन गरिएको उक्त भिडियोलाई बुद्ध थापाले छायांकन गर्नुभएको छ भने विकास धमलाको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार