काठमाडौं,
जेठ २९ ।
नायिका एवम् नृत्य निर्देशका तेनयाङ राना सरुको संयोजनमा नेपालको चितवन जिल्लाको मुग्लिङ हाईवे हस्पिटललाई तीन लाख १० हजार भन्दा बढी सहयोग गरिएको छ ।
सरुले तयार पारेको घरेलु अचार बिक्री गरेर विभिन्न मनकारी बेलायतवासी दाजुभाइ तथा दिदीबहिनीहरूबाट र आइसल्यान्ड बस्ने स्यम तेनयाङ राना (सरुकी दिदी) पारु गुरुङको सक्रियतामा ५१८.९७ पाउन्ड (नेपाली अक्षरुपी तीन लाख १० हजार ८०० पचास रुपैयाँ)को चेक बिहीबार हस्तान्तरण गरिएको हो ।
सहयोग रकमको चेक सरु र पारुका दाजु मर्स्याङ्दी शिक्षा सदन बोर्डिङ स्कुलका अध्यक्ष एवम् समाजसेवी किशोर गुरुङ मुग्लिङ हाईवे हस्पिटलको अध्यक्ष रामबहादुर लामालाई हस्पिटल परिसरमै आयोजित कार्यक्रममा हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष लामाका अनुसार उक्त रकम आफ्नो हस्पिटलले सञ्चालनमा ल्याएको कोभिड बिरामी लक्षित निःशुल्क कोभिड केयर वार्डसहित आसोलेसन वार्डको सञ्चालन र निःशुल्क उपचारमा खर्च गरिने छ ।
लामो समयदेखि बेलायत बस्दै आउनुभएकी ईच्छाकामना गाउँपालिका मुग्लिङकी चेली सरु मगर संघ यूके र तमु समाज यूकेको सांस्कृतिक सचिव हुनुहुन्छ । त्यस्तै उहाँ पहिलो गुरुङ भाषाको चलचित्र पातेकी नायिका पनि हुनुहुन्छ । अचार तयार पार्दा लागेको खर्च १२५ र नगद सहयोग ५१ पाउन्ड गरी कुल १७५ पाउन्ड पनि किरन राना र आफूले हाइवे हस्पिटललाई नै सहयोग गरेको नायिका एवम् समाजसेवी सरुले जानकारी गराउनुभयो ।






