आजको मौसम पूर्वानुमान : केही स्थानमा हुवाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं,
जेठ २० ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै देशभर पश्चिमी वायुको प्रभावले विभिन्न स्थानमा हावाहुरीसहित वर्षा हुन सक्ने जनाएको छ ।

पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले हाल लुम्बिनी प्रदेशका थोरै भू-भागका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाले सोही प्रभावले आज दिउँसो र राति प्रदेश १ लगायत देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

शनिबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यसमा तपाइको मत

अन्य समाचार