राप्रपा बुटवलद्वारा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

बुटवल,
जेठ १५ ।

राष्ट्रिय प्रजातन्त्र पार्टिले आज जेठ १५ गते ३१ औं स्थापना दिवस मनाइरहेको छ । उक्त अवसरमा राप्रपा बुटवलको आयोजनामा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल र कोभिड विशेष अस्पताल, बुटवलमा कोभिड संक्रमित भई अस्पताल भर्ना भएका बिरामीहरूलाई स्वास्थ्य सामग्री र पौष्टिक आहार वितरण गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवलका अध्यक्ष निरज प्रताप खाँणका अनुसार उक्त कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्साल, ईरशाद आलम मिया लगायत राप्रपाका नेता कार्यकर्ताहरूको उपस्थिती रहेको थियो ।

राप्रपा बुटवलले कोभिडबाट संक्रमितहरूलाई घरबाट अस्पताल र अस्पतालबाट घरसम्म पुर्‍याउने गरी निःशुल्क यातायातको व्यवस्था गर्दै आईरहेको छ । यो व्यवस्था अब रूपन्देहीको पाँच वटै क्षेत्रमा गर्नेसमेत राप्रपाका अध्यक्ष खाँणले जानकारी गराउनु भयो ।

यसमा तपाइको मत

अन्य समाचार