देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं, 
वैशाख १९ ।

मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको उल्लेख गरेको छ । महाशाखाले हाल देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भइरहेको जनाएको छ । वागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाले आज दिउँसो देशभर पहाडी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने जनाएको छ भने, वागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ ।

यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

यसमा तपाइको मत

अन्य समाचार