मिना र आङगेलुको स्वरमा ‘के साह्रो राम्री चोलीमा…’ (भिडियोसहित)

काठमाडौं,
वैशाख १ ।

नयाँ वर्षको कोसेली स्वरुप आफ्ना दर्शक, स्रोताका लागि गायिका मिना राई र गायक आङगेलु शेर्पाको स्वर समेटिएको गीत ‘के साह्रो राम्री चोलीमा…’ सार्वजनिक भएको छ । मिना राईको शब्द, सङ्गीत र राजु कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अनिल कोय राईको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा केकी अधिकारी, उमेश राई ‘फुलन्देकी आमा’लगायतको अभिनय छ । भिडियोमा अमृत चापागाईको सम्पादन र दिनेश पराजुलीको छायांकन छ ।

पूर्वेली मारुणी सेलो भाकामा आधारित रहेकोले यस गीतलाई दर्शक, स्रोताले आफ्ना अघिल्ला स्रिर्जना जस्तै ‘के साह्रो राम्री चोलीमा’लाई पनि मनपराउनु हुनेछ आफू बिश्वस्त रहेको मिनाले बताउनुभयो । गीतको भिडियोे गायिकाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार