काठमाडौं,
फागुन २७ ।
समावेशी अवार्डको रुपमा परिचित ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’को मनोनयनमा पर्न सफल भएकालाई राजधानीमा एक कार्यक्रम बीच प्रमाणपत्र प्रदान गरिएको छ । ५३ विधाका लागि उत्कृष्ट परेकाहरूको मनोनयनको प्रमाणपत्र प्रदान गरिएको हो ।
पीम नेपालको प्रस्तुति रहेको यो अवार्डका लागि मूलधारका गीतसँगै भाषिक, पर्व र क्षत्रीय गीतहरूको पनि मनोनयन सार्वजनिक गरिएको छ । कार्यक्रमका अध्यक्ष माधवराज खरेलका अनुसार यसपटकको अवार्डमा नेपाली मूलभाषा अन्तर्गत स्वदेशगान, गजल, आधुनिक, पप, लोकपप र लोकदोहोरीसहित ६ विधा समावेश भएको छ भने नेपालमा वोलिने अन्य विभिन्न राष्ट्रिय भाषाहरू अन्तर्गत नेपाल भाषा, देउडा भाका, तामाङ भाषा, तामाङ सेलो, काँठे भाका, थारु भाषा, लिम्बु भाषा, भोजपुरी भाषा र मैथली भाषा गरेर ५३ विधा समेटिएको छ । आगामी चैतको तेस्रो साता यो अवार्ड काठमाडौंमा आयोजना गरिने आयोजकले जनाएको ।






