नेपाल बेष्ट म्युजिक अवार्ड-२०२१ घोषणा

काठमाडौं,
फागुन ५ ।

गीत सङ्गीतलाई आधार बनाएर बर्षेनी थुप्रै अवार्ड आयोजना हुने गरेका छन् । यो भिडमा ‘नेपाल बेष्ट म्युजिक अवार्ड-२०२१’ पनि थपिएको छ । ‘नेपालको शान, सङ्गीतको पहिचान’ भन्ने मूल नाराका साथ तुलसी मिडियाले अवार्डको आयोजना गर्न लागेको हो । १४ चैतमा काठमाडौमा भब्य कार्यक्रमसहित अवार्ड आयोजना हुन लागेको हो ।

अवार्डमा लोक, पप, आधुनिक र चलचित्र गरेर ३९ विधा समावेश गरिएको अवार्डका संयोजक नवराज भण्डारीले बताए ।
लोक, पप र आधुनिक विधामा गायक, गायिका, गीत, सङ्गीतकार, मोडल समावेश छन् । चलचित्रतर्फ गीत, सङ्गीतकार, गायक र गायिका छन् । यस्तै सबै विधा अन्र्तगत नवगायक, नवगायिका, नवमोडल रहेको छ ।

प्राविधिकतर्फ सबै विधा अन्तर्गत छाँयाकार, भिडियो निर्देशक, नृत्य निर्देशक, मेकप आर्टिष्ट, रचनाकार र सम्पादक समावेश अवार्डमा पपुलर विधा अन्र्तगत गीत, सङ्गीतकार, गायक, गायिका, मोडल रहेका छन् ।

समारोहमा दुई दशक भन्दा लामो समय सङ्गीतमा बिताएका एक स्रष्टालाई नगदसहित लाईफटाईम एचिभमेन्ट अवार्ड द्वारा सम्मान गरिने बताइएको छ ।

अवार्डका लागि आवेदन फागुन ३ गतेदेखि फागुन २१ सम्म खुल्ला गरिएको छ । सबै विधामा फर्म खुल्ला गरिएको आयोजकले जनाएको छ । आवदेनका लागि निःशुल्क फर्मको ब्यवस्था गरिएको छ ।

नेपाल बेष्ट म्युजिक अवार्डको लागि तीन जनाको जुरी तय गरिएको छ । जुरीमा रहेका सदस्यलाई भने अवार्डको दिन मात्रै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार