यस्तो आयो ‘ह्याप्पी न्यू इयर’को टिजर

काठमाडौं,
श्रावण १९ ।

चलचित्र ‘ह्याप्पी न्यू इयर’को टिजर सार्वजनिक गरिएको छ । देवकुमार श्रेष्ठले निर्देशन गरेको यो चलचित्र  अंग्रेजी नयाँ बर्षको अवसर पारेर १४ पुसबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको हो ।

आरके एम प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा रति थापाको लगानी छ । एप्पल इन्टरटेन्मेन्टका मनोज अधिकारी यसका लाइन प्रोड्यूसर हुन् ।

यो चलचित्रमा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्यलगायतका कलाकारको अभिनय छ । चलचित्रमा अष्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल, टंक वुढाथोकीको सङ्गीत, कुशल थापाको कथा छ ।

 

यसमा तपाइको मत

अन्य समाचार