दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि जनचेतनामुलक अन्तरक्रिया

काठमाडौं,
माघ २५ ।

महानगरिय ट्राफिक प्रहरी वृत्त जावलाखेलको आयोजनामा सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनाको लागि जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्य रहनुभएको थियो भने ललितपुर उपमहानगरपालिका वडा नं. ३ र ४ का वडा अध्यक्ष, जावलाखेल क्षेत्र संरक्षण तथा सुधार समितीका प्रतिनिधि रक्ष बहादुर क्षेत्री, ललितपुर जिल्ला ड्राईभिङ संघका अध्यक्ष राजन खनाल, महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीलगायतका विशिष्ट अतिथीको उपस्थिती रहेको थियो । कार्यक्रममा धन्यवाद र समापन मन्तव्य जावलाखेल युथ कलबका अध्यक्ष महेन्द्र क्षेत्रीले राख्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरिक्षक किरण बज्राचार्य ज्युले सवारी दुर्घटना न्युनीकरण मुख्य भूमिका सडक प्रयोगकर्ता र सवारिचालक अनुशासित भई सडक प्रयोग गरेको अवस्थामा सवारी दुर्घटना न्युनिकरण गर्न सकिन्छ साथै आफुले प्रयोग गरेको सवारिको अवस्था राम्रो हुनु पर्नेमा जोड दिनुभयो ।

‘सचेत रहौँ सुरक्षित रहौं’ भन्ने कुरामा जोड दिनु भयो । यसै गरी सोही कार्यक्रममा उपस्थित महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारी ज्युले दुर्घटना न्युनिकरणको लागि सबैजना आ(आफ्नो तर्फबाट सचेत हुनुपर्ने र ट्राफिक नियम पालना गरी तिब्र गतिमा सवारी साधन चलाउनु नहुने कुरामा जोड दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार