काठमाडौंं,
माघ ७ ।
चलचित्र ‘छ माया छपक्कै’ युट्युवमा सार्वजनिक भएको छ । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरेलगायतको समूहले निर्माण गरेको चलचित्र मंगलबार आमा अग्नी कुमारी मिडियाको युट्युवमार्फत् सार्वजनिक भएको हो ।
दीपेन्द्र लामाको लेखक तथा निर्देशन रहेको चलचित्रका निर्माता रोहित अधिकारी हुन् । चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाललगायत कलाकारको अभिनय छ ।
चलचित्र युट्युबमा आएको जानकारी सहितको एक स्टाटस कलाकार दीपक राज गिरीले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।






