आजको मौसम पूर्वानुमानः केही स्थानमा वर्षा र हिमपात

काठमाडौं,
पुस २२ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै देशमा हाल पश्चिमी वायुको प्रभाव रहेको र आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहको जनाएको छ ।

काठमाडौंको आकाश बिहान धुम्म भए पनि दिउँसोपछि घाम लाग्ने बताइएको । महाशाखाका अनुसार बाँकी ठाउँमा पनि बेलुकीदेखि आकाश खुल्नेछ । आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको भने, पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार