५,२२५ को परीक्षण गर्दा ४२६ जनामा कोरोना, थप आठजनाको मृत्यु

काठमाडौं,
पुस १७ ।

शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार २२५ पिसिआर परीक्षण गर्दा ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या दुई लाख ६१ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३७ हजार ७०२ पुगेको छ । हाल ३६७ जना क्वारेन्टाइनमा छन् । थप ७४८ जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख ५३ हजार १०७ पुगेको छ ।

शुक्रबार २६९ जना कोरोना संक्रमित देशको विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । २३४ जना आइसियु र ३५ जना भेन्टिलेटरमा छन् । यस्तै, देशभर हाल दुई हजार ८९० कोरोना संक्रमित होम आइसोलेसनमा छन् । ६ हजार ४८ कुल सक्रिय संक्रमितमध्ये दुई हजार ८९० जना संक्रमित होम आइसोलेसनमा छन् । बाँकी तीन हजार १५८ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।

काठमाडौं उपत्यकामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १३४, भक्तपुरमा १५ र ललितपुरमा १८ जना संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९७ हजार ३२४ पुगेको छ । यस्तै भक्तपुरमा आठ हजार ९०२ र ललितपुरमा १५ हजार २७९ पुगेको छ ।

त्यस्तै शुत्रबार इलाममा एक, ओखलढुंगामा एक, झापामा १६, धनकुटामा एक, मोरङमा १०, सुनसरीमा ६, पर्सामा दुई, बारामा एक, रौतहटमा एक, सप्तरीमा दुई, सर्लाहीमा दुई, काभ्रेमा एक, चितवनमा १३, दोलखामा एक, धादिङमा एक, नुवाकोटमा दुई, मकवानपुरमा आठ, रसुवामा ११, सिन्धुलीमा एक, कास्कीमा २६, गोरखामा तीन, तनहुँमा तीन, नवलपरासीमा पूर्वमा एक, म्याग्दीमा एक, लमजुङमा दुई, बागुलङमा एक, स्याङजामा दुई, अर्घाखाँचीमा एक, कपिलवस्तुमा पाँच, गुल्मीमा चार, दाङमा १९, नवलपरासीमा ६, पाल्पामा चार, प्युठानमा एक, बर्दियामा चार, बाँकेमा २३, रुपन्देहीमा १२, रोल्पामा एक, कालिकोटमा एक, रुकुम पश्चिममा एक, सुर्खेतमा एक, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ११, कैलालीमा २९, डडेल्धुरामा चार, दार्चुलामा चार र बाजुरामा ८ जनामा कोरोना संक्रमण भेटिएको छ ।

शुक्रबार थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ८६४ पुगेकोे छ । यसअघि बिहीबार नौ जना संक्रमितको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार