पूजनाको ‘सुपर क्युट बच्चा फोटो प्रतियोगिता २०७७’ सम्पन्न

काठमाडौं,
आश्विन २१ ।

केट्स इन्टरटेन्मेन्ट र द सुपर मम नेपाल द्वारा आयोजित ‘सुपर क्युट बच्चा फोटो प्रतियोगिता २०७७’ सफलता पूर्वक सम्पन्न भएको छ । लकडाउन र कोरोनाको महामारीबीच पनि बच्चाहरू र उनका अभिभावकलाई घरमै बसी बसी मनोरन्जन दिने उद्देश्यले ‘सुपर क्युट बच्चा फोटो प्रतियोगिता २०७७’ को आयोजना गरिएको नायिका पूजना प्रधानले जानकारी दिनुभयो ।

प्रतियोगितामा स्वर्णिम पुढासैनी प्रथम, श्रेयम्शी अर्याल दोस्रो र आकांक्षा थापा तेस्रो हुन सफल हुनुभएको छ । प्रथम हुने बिजेताले २० हजार नगद, गिफ्ट ह्याम्पर र प्रमाण पत्र, दोस्रो हुने बिजेताले १५ हजार नगद, गिफ्ट ह्याम्पर र प्रमाण पत्र र तेस्रो हुने बिजेताले १० हजार नगद, गिफ्ट ह्याम्पर र प्रमाण पत्र प्राप्त गर्नुभएको छ ।

कोरोना महामारिको यो बिसम परिस्थितीमा पनि घरमै बसेर सहभागि हुन मिल्ने कार्यक्रमले बच्चाहरु निकै हौसला मिलेको पूजनाको भनाइ छ । यस अघी पूजनाले लकडाउनको बेलामा पनि ‘द सुपर मम फोटो प्रतियोगिता २०७७’ र ‘तीज सुपर मम फोटो प्रतियोगिता २०७७’ को आयोजनागरी सफलता पूर्वक सम्पन्न गरिसक्नु भएको थियो । कार्यक्रमलाई सफल बनाउन स्प्रिङ्ग बनाना एन्ड पिंकी सुपारीले मुख्य प्रायोजन, भिजन फर नेपाल न्युयोर्क युएसए ले सहप्रायोजन तथा सपोर्टेडमा राजा घले, एट्लान्टा युएसए रहेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार