उपत्यकामा ८ सय १७ सहित देशभर थपिए १३ सय ५१ सङ्क्रमित, ७ सय ४२ जना डिस्चार्ज

काठमाडौं,
आश्विन १२ ।

सोमबार कोरोना भाइरस (कोभिड-१९)का थप एक हजार ३ सय ५१ सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले योसहित कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार ७ सय ४५ पुगेको जानकारी दिनुभयो । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ६ सय २४ रहेको छ ।

पछिल्लो समय ७ सय ४२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै हालसम्म ५४ हजार ६ सय ४० जना डिस्चार्ज भएका छन् । सोमबारसम्म देशभरका प्रयोगशालाहरूमा १० हजार ८० जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै हालसम्म ९ लाख ९८ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यस्तै देशभरका संस्थागत आइसोलेसन आठ हजार ६ सय ९५ जना र होम आइसोलेसनमा १० हजार ९ सय २९ जना छन् भने क्वारेन्टिनमा रहेको संख्या ६ हजार ३ सय १० छ । देशभर ३१ कोरोना सङ्क्रमितको भेन्टिलेटरमा उपचारत छन् भने २ सय २५ जनालाई आईसीयूमा उपचारत छन् ।

उपत्यकामा सोमबार ८ सय १७ कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ६ सय ४९, ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ जना कोरोना सङ्क्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोराना सङ्क्रमितको सङ्ख्या २२ हजार ३ सय २४ पुगेको छ । काठमाडौंमा १८ हजार १ सय ३२, ललितपुरमा दुई हजार २ सय ३१ र भक्तपुरमा १ हजार ९ सय ६१ सङ्क्रमित पुगेका छन् ।

यस्तै सोमबार इलाममा दुई, ओखलढुंगामा एक, खोटाङमा दुई, झापामा दुई, तेह्रथुममा दुई, पाँचथरमा एक, भोजपुरमा दुई, मोरङमा ४९, संखुवासभामा एक, सुनसरीमा २०, धुनषामा २२, पर्सामा सात, बारामा तीन, महोत्तरीमा २५, रौतहटमा एक, सप्तरीमा १०, सर्लाहीमा ६, सिरहामा ५५, काभ्रेमा १०, चितवनमा १७, दोलखामा एक, धादिङमा ११, नुवाकोटमा तीन, मकवानपुरमा ४०, सिन्धुलीमा चार, सिन्धुपाल्चोकमा सात, कास्कीमा चार, गोरखामा तीन, तनहुँमा १७, नवलपरासी पूर्वमा २०, पर्वतमा तीन, लमजुङमा सात, बाग्लुङमा एक, स्याङजामा तीन अर्घाखाँचीमा एक, कपिलवस्तुमा पाँच, गुल्मीमा पाँच, दाङमा दुई, नलवपरासीमा पाँच, प्युठानमा एक, बर्दियामा दुई, बाँकेमा १६, रुपन्देहीमा २०, कालिकोटमा दुई, जाजरकोटमा दुई, दैलेखमा दुई, सल्यानमा दुई, सुर्खेतमा २९, अछाममा १३, कैलालीमा ५०, बझाङमा १४ र बैतडीमा एक जनामा कोरोना सङ्क्रमण भेटिएका छन् ।

सोमबार थप चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ४ सय ८१ पुगेको छ । चार वटा जिल्लाका दुई महिला र दुई पुरुष गरी चार जनाको मृत्यु भएको हो । सुनसरीमा ३८, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ र गुल्मीमा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ । यसअघि आइतबार १० जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार