सर्‍यो नेकपा सचिवालय बैठक

काठमाडौं
आश्विन २ ।

शुक्रबार (आज) बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सरेको छ । आगामी आइतबार ११ बजे बैठक बस्ने गरी बैठक सरेको हो । बैठक असोज ४ गते आइतबारसम्मका लागि सरेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

बुधबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलले शुक्रबार पूर्व माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा बैठक बस्ने तय गरेको थियो ।

सचिवालय बैठकले समसामयिक विषयमा छलफल र निर्णयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा निर्णय गर्ने बताइएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार