‘भाबुक’ भित्र रहेको छाडे पनि यो हावा बहन… छायाँकन

काठमाडौं,
श्रावण १ ।

‘छाडे पनि यो हावा बहन, तिमी बिना सक्दिन म अलग रहन….’
राम रेप्चुङ राईका यि शब्दमा रहेको गीतको भिडियो छायाँकन गरिएको छ । शुक्रबार सेतो गुम्बा वारिपारीका क्षेत्रमा छायाँकन गरेको गीतमा केशब भाबुक र मेलिना राईको स्वर रहेको छ । नायिका सारिका घिमिरे र दिनेश बि सीलाई फिचिरिङ गरिएको गीतको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका छन् । केशब भाबुकको नयाँ एल्बम ‘भाबुक’ भित्र रहेको यो गीतमा बिनोद खम्बुको सङ्गीत रहेको छ ।
राम के. सीले खिचेका गीतलाई टेकेन्द्रले नै सम्पादन गर्दैछन् । ‘चाडै नै बजारमा आउन लागेको मेरो एल्बम ‘भाबुक’मा मेरो जीबन नै छ’ केशवले भने ।

यसमा तपाइको मत

अन्य समाचार