प्रिन्स एण्ड प्रिन्सेस वल्र्ड २०२० मा भिड्दै सात वर्षीया प्रिन्शा

काठमाडौं,
भाद्र १५ ।

गत वर्ष इजिप्टमा सम्पन्न ‘टिभी स्टार्ट मिनी मोडल वल्ड २०१९’ मा मिनी मोडल वल्डको क्राउन सँगै बेष्ट डान्सर अवार्ड जित्न नेपालकी सफल बाल कलाकार प्रिन्शा खड्काले यस पटक पनि त्यस्तै एउटा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सहभागीता जनाउनु भएको छ । सात वर्षीया प्रिन्शा खड्काले प्रिन्स एण्ड प्रिन्सेस वल्ड २०२० मा नेपालको प्रतिनिधित्व गर्दै सहभागीता जनाउनु भएको हो ।

उहाँको इन्ट्रो भिडियो समेत सार्वजनिक भएको छ । क्विक्स मिनी लिटल च्याम्प नेपाल २०१९ बनेर विश्व मिनि मोडेलसमेत प्राप्त गरेकी प्रिन्शा रुकुम निवासी हुनुहुन्छ ।

यस पटक यो प्रतियोगितामा प्रिन्साले सफलता हात पार्ने अपेक्षा रहेको बुवा ऋषिराम खड्का बताउँनुहुन्छ । विश्व महामारीले गर्दा यसपटकको प्रोग्राम अनलाइनबाट हो, मेहनत राम्रैँ छ, आशा गरौ छोरीले नेपालको नाम यसपटक पनि राख्ने छिन् बुवा ऋषिले भन्नुभयो ।

हाल काठमाडौंमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा पनि उत्तिकै अब्बल हुनुहुन्छ । प्रिन्शाले नारायण रायमाझीको कारगिल भाग-२ म्युजिक भिडियोमा र अन्य दर्जन बढि म्युजिक भिडियोमा बाल कलाकारको रुपमा अभिनय गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार