काठमाडौं,
साउन २४ ।
झन्डै १५ वर्ष अघि निर्माण भएको चलचित्र ‘हामी तीन भाइ’ नयाँ भर्सनमा दर्शकमाझ आउने भएको छ । निर्देशक शोभित बस्नेतले निर्देशन गर्ने चलचित्रका लागि कलाकार रुपमा जयकिशन बस्नेत फाइनल भइसकेका छन् भने बाँकी कलाकार छनोट चरणमा छन् ।
अघिल्लो चलचित्र ‘हामी तीन भाइ’मा शिव रेग्मीको निर्देशन थियो । चलचित्रमा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, झरना थापा, नन्दिता केसी र रेखा थापा प्रमुख भूमिकामा थिए ।
नयाँ भर्सनको ‘हामी तीन भाइ’ साजित महत प्रोडक्सन हाउसको व्यानरमा निर्माण हुनेछ । साजित महत प्रस्तुतकर्ता रहने चलचित्रमा किशोर मानन्धरको द्वन्द्व, सुभाष भुसालको सङ्गीत र शिव विक तथा विक्रम तामाङको कोरियोग्राफी हुनेछ । चलचित्रको छायांकन तिहार पछि हुनेछ । निर्देशक शोभितका अनुसार चलचित्र पारिवारिक कथामा बन्नेछ ।






