काठमाडौं,
साउन २४ ।
आनन्द कार्की र शान्ता खत्रीको स्वरमा ‘लाऊ माया पिरती…’ सार्वजनिक भएको छ । शान्ताको शब्द र रिमेश कुमारको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
लिगेश भट्टराईको निर्देशनमा तयार भिडियोमा मोडल दिनेश के.सी, निर्देशक लिगेश स्वयमका साथमा मोडल ऋचा थापा, अस्मिता विश्वकर्माले मोडलिङ गरेका छन् । भिडियोलाई मदन कश्यप घिमिरेले छायाँकन गरेका हुन् ।






