सामाजिक सञ्जालमा हुने गरेको टीका टिप्पणीलाई लिएर चलचित्र क्षेत्रका सात संस्थाद्वारा संयुक्त विज्ञप्ति जारी

काठमाडौं,
असार २९ ।

नेपाली चलचित्रसँग सम्बन्धित सात वटा संस्थाले सामाजिक सञ्जालमा हुने गरेको टीका टिप्पणीलाई लिएर प्रेस विज्ञप्ति जारी जारी गरेका छन् । नेपाली चलचित्र सङ्घ, नेपाल चलचित्र कलाकार सङ्घ, नेपाल चलचित्र निर्माता सङ्घ, नेपाल चलचित्र प्राविधिक सङ्घ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्वन्द्व सङ्घ र नेपाल चलचित्र नृत्य सङ्घले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्तिमा उनीहरुले चलचित्र क्षेत्र तथा चलचित्रकर्मी लक्षित अमर्यादित आरोपलाई रोक्न अपिल गर्दै उनीहरुले अन्यथा साइबर क्राइमको कानूनी उपचार खोज्ने चेतावनी पनि दिएका छन् ।

जारी संयुक्त विज्ञप्ति भनिएको छ ‘केही दिनयता सामाजिक सञ्जाललगायत केही सञ्चारमाध्यमहरुबाट केही चलचित्रकर्मीको अभिव्यक्ति तथा अन्तर्वार्तालाई लिएर आरोप, प्रत्यारोप, विवाद, गाली गलौच र अशिष्टताको पराकाष्ट नाघेको देखिएकाले नेपाली चलचित्र उद्योगसँग सम्बन्धित पेशागत सङ्घ-संस्थाको गम्भिर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा भनिएको छ ‘सबैलाई अभिव्यत्तिः स्वतन्त्रता संविधानले दिएको छ । अभिव्यक्त गर्न पाउनु व्यक्तिको अधिकार हो । अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन गर्नु, अश्लिल आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्न कसैको पनि अधिकार छैन । यस किसिमको हर्कत निन्दनीय मात्र होइन, अक्षम्य पनि हुन्छ । यदि कुनै पक्षबाट शिष्टताको पराकाष्ट नाघेमा कानूनी उपचारमा जानु बाध्यकारी हुन्छ, यो हदसम्म हामी पुग्दनौ भन्ने हाम्रो विश्वस रहेको छ । यस किसिमको प्रतिक्रिया नरोकिएमा यो प्रतिक्रिया नेपालबाट आएको भए नेपालको साइबर कानून अनुसार र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमा मार्फत कारवाहीको कारवाहीको प्रकृया अगाडि बढाउने यही वक्तव्य मार्फत जानकारी गराउन चाहन्छौं ।’

यसमा तपाइको मत

अन्य समाचार