काठमाडौं,
आषाढ ५ ।
एएनपी मिडिया हाउसले सबै सहभागि सबै किशोर किशोरीलाई राजधानीका विभिन्न कलेजमा प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्दै राजधानीमा आयोजना गरेको मिस्टर एण्ड मिस नेपाल्स एसइइ आइकन २०१७ मा साकार श्रेष्ठ वेष्ट पर्सनालिटीसहित मिस्टर नेपाल्स एसइइ आइकन २०१७ र सिर्जना थापामगर वेष्ट हेयर र वेष्ट स्पीचका साथ मिस नेपाल्स एसइइ आइकन २०१७ भएका छन् । काठमाडौंका नयाँबजारका साकारले बृहस्पती विद्यासदन, नक्सालबाट एसइई दिएका थिए भने ललितपुरको नख्खीपोटकी सिर्जनाले ओशिस विद्यालय, सुनाकोठीबाट एसइई दिएकी थिइन् ।
प्रतियोगिताको किशोरतर्पmको स्पर्धामा अमृत थापा बेस्ट स्कीनसहित फष्ट रनर्सअप, सुनिल बोहरा बेष्ट स्पीचसहित सेकेण्ड रनर्सअप तथा सोभित बस्नेत मिस्टर क्याटवाक र बेष्ट हेयरसहित थर्ड रनर्सअप भएका थिए। राजधानीको जमलस्थित
राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा योगेस गुरुङ मष्ट पपुलर र फेसबुक च्वाईस, प्रबिन थापामगर भ्युवर्स च्वाइस र युथ वीथ रेसपोन्सीविलिटी, सञ्जय राई मष्ट ट्यालेन्ट, सिजन तामाङ बेष्ट डिसिप्लेन, रबिन डाँगी मष्ट फोटोजेनिक, प्रज्वल भट्टराई बेष्ट फिजिक, निरोज बुढाथोकी मष्ट फ्रेण्डली, सुजन सेन मष्ट चार्मिङ, सोनु जैसवाल मष्ट एक्टीभ, सिरक श्रेष्ठ जोशी बेष्ट सिंगर, नोर्बु लामा बेष्ट डान्स, सुमन कौशीक मिष्टर ह्याण्डसम, अनिश सिंह मष्ट डिजर्भिङ, यशकुमार गुप्ता बेष्ट फिटनेस, अनिस शाह मेनेजमेन्ट च्वाईस, ग्यालजेन लामा सोसियल वेलफेयर एम्बस्डर, पारश धामी मष्ट इन्टीलिजेन्ट, र सुजन तण्डुकार मोष्ट पर्फेक्ट घोषित भए ।
अश्विनी झाको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितामा किशोरीहरुतर्पm अनुष्का अधिकारी बेष्ट डिसिप्लेनसहित फष्ट रनर्सअप, स्मृति श्रेष्ठ व्युटि व्यीथ पर्पसकासहित सेकेण्ड रनर्सअप तथा रबिना बराल सोसियल
रेसपोन्सिबलसहित थर्ड रनर्सअप भए। त्यसै गरी कृति श्रेष्ठ मष्ट पपुलर र मष्ट फ्रेण्डली, तीसा मानन्धर फेसबुक च्वाईस र मष्ट डिर्जभिङ, रक्षा डंगोल मिस क्याटवक, नवज्योति कुमारी शाह भिवर्स च्वाइस, मष्ट एक्टीभ र युथ वीथ रेसपोन्सीविलिटी, सुजता अमगाइ मिस ट्यालेण्ट, अञ्जली कंडेल वेष्ट स्माइल, तृप्ती श्रेष्ठ बेष्ट स्कीन, प्राप्तीश्री निरौला मष्ट फोटोजेनिक, अस्मीता भण्डारी बेष्ट पर्सनालिटी, योजना वन्त बेष्ट फिजिक, सलिना केसी मष्ट फिटनेस, दिपीका थापा मगर मिस कन्जिनियालिटी, एश्वर्या घिमिरे मष्ट चार्मिङ, प्रमिला श्रेष्ठ फेशन आइकन, सबिना पराजुली मष्ट पफेक्ट, निशा जैसवाल बेष्ट सिंगर, अलिसा मल्ल
ठकुरी बेष्ट डान्स र सुबिना खड्का मिस व्युटीफुल घोषित भए ।
विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित सम्पन्न प्रतियोगितामा आइडल मोडल स्कुलका प्रिन्सीपल बिराट क्षेत्री, ब्लुबर्ड कलेजका प्रिन्सीपल बिएस क्षेत्री, क्यारीभियन स्कुल तथा कलेजका प्रिन्सीपल चन्द्रयान प्रधान श्रेष्ठ, संगीतकार सरोज प्याकुरेल, सञ्चारकर्मी सुर्य चन्द र टिचर आइकनकी विजेता सन्ध्या केसी निर्णायक रहेका थिए ।






