एआईजी मा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं,
चैत १२ ।

प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रहरी अतिरिक्त महानिरीक्षकहरु तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले तीनै जनालाई प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।

बढुवासँगै लम्सालले प्रहरी प्रशिक्षण प्रतिष्ठान, थापाले मानव स्रोत तथा प्रशासन र पालले अपराध अनुसन्धान तथा कार्य विभागको जिम्मेवारी पाएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार