संक्रमण देखिए ‘लक डाउन’

काठमाडौं,
फागुन ३० ।

सरकारले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिनेबित्तिकै सो क्षेत्रलाई ‘लक डाउन’ गर्ने भएको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको जनाउँदै स्वास्थ्य मन्त्रालयले कुनै क्षेत्रमा देखिनेबित्तिकै ‘लक डाउन’ गरी काम सुरु गर्ने जनाएको हो ।

विश्वभरि महामारीको रूपमा फैलिएको कोरोनाका विषयमा सरकारले पूर्वतयारी नगरेको भन्दै संसद् र बाहिर आवाज उठिरहेका बेला मन्त्रालयले सो तयारी भएको जानकारी गराएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमण फैलिन नदिन तथा रोकथाम एवम् नियन्त्रणका योजना, रणनीति तथा क्रियाकलाप सार्वजनिक गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले लक डाउनदेखि हवाई उडानहरू बन्दसम्मको योजना रहेको जानकारी दिए । मन्त्रालयले सार्वजनिक गरेको रणनीतिमा ‘पकेट एरिया लक डाउन’ गर्ने उल्लेख छ । जसमा बासस्थान, निश्चित समुदाय, बस्ती, गाउँ, टोल, वडा, पालिका, जिल्ला प्रदेशसमेत रहने छन् ।

यसमा तपाइको मत

अन्य समाचार