‘आमा’ को गीत ‘मनको मौलोदेखि मन्दिरसम्म’ सार्वजनिक

काठमाडौं,
माघ १७ ।

चलचित्र ‘आमा’को गीत ‘मनको मौलोदेखि मन्दिरसम्म’ सार्वजनिक गरिएको छ । श्रीपञ्चमीको अवसर पारेर बिहिबार सार्वजनिक गरिएको गीतमा आमाले सन्तानका लागि गर्ने संघर्षलाई प्रस्तुत गरिएको छ ।

केतन क्षेत्रीको स्वर, भूपेन्द्र खड्काको शब्द, सुवाष भुसालको सङ्गीत रहेको छ गीतमा । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा निर्देशक खनालकै छायाँकन, लेखन समेत रहेको छ ।  चलचित्रको शीर्ष भूमिकामा मिथिला शर्मा देखिएकी छन् ।

https://www.youtube.com/watch?v=bivNGWP8qRA&feature=emb_logo

श्रीमान् बिरामी भएपछि छट्पटिएकी एक श्रीमती र उनको सन्तानप्रतिको माया गीतको भिडियोमार्फत मिथिलाले ब्यक्त गरेकी छन् । चलचित्रमा मिथिलाको अलवा सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुसाल, टिका पहरी, पदमप्रसाद पौडेल, आशान्त शर्मा, सरोज अर्याल, अश्मिता खनाल, सुदिप खतिवडा, झकेन्द्र जीसी र विकास खनाललगायतको अभिनय रहेको छ ।

शर्मिला पाण्डेको लगानीमा बनेको यो चलचित्रमा सन्तोष अधिकारी सहनिर्माताको रुपमा छन् । चलचित्र ९ फागुनदेखि देशभरका सिनेमाघरमा आउँदै छ ।

यसमा तपाइको मत

अन्य समाचार