पश्चिमी पहाडी र हिमाली क्षेत्रमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं,
पुष २८ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको सक्रियताका कारण आज (सोमबार) बेलुकीदेखि पश्चिमी पहाडी र हिमाली क्षेत्रमा बर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

आज दिउँसोदेखि देशको पश्चिमी भेगमा मौसम बदली भई पानी पर्ने उच्च हिमाली भेगमा हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकामा सामान्य हुस्सु लागेपनि तराई भेगमा भने बाक्लो हुस्सु लागेकाले मौसम खुलेर घाम लाग्ने सम्भावना पनि निकै कम छ । आज मध्य र पूर्वी भूभागमा सामान्यतः मौसम सफा रहने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार