काठमाडौं,
पुष १८ ।
नेपाली कला र संस्कृतिलाई आत्मसात गर्ने प्रबासमा रहेका कलाकार हुन् रोशन केसी । सानैदेखि नृत्य र अभिनयमा पोख्त केसी आफ्नो मोडलिङ करियरलाई क्यानडामा निरन्तरता दिइरहेका छन भने पछिल्लो समय व्यस्त बन्दै गइरहेका छन् ।
क्यानडामै उनले करिव दर्जन म्युजिक भिडियोमा अभिनय गरेका छन् । पछिल्लो समय अञ्जु पन्तको स्वरमा रहेको ‘चोरी चोरी हेरे पनि…’ भन्ने गीतमा रोशन केसी र स्विकृति खड्काले अभिनय गरेका थिए । यसका साथै शिव परियार, देबिका केसी, राजेशपायल राई, दीपक लिम्वुलगायत अन्य गायक गायिकाका गीतहरुमा रोशनले मोडलिड गरिसकेका छन् ।
नेपालीको बढ्दो आप्रबासनले क्यानडामा हुने सांस्कृति कार्यक्रम, मेला, महोत्सबको दायरा फराकिलो बन्दै गएको छ । त्यसैले क्यानडामा हुने धेरै जसो कार्यक्रममा रोशनको पर्फरमेन्स रहेको हुन्छ ।

मोडलिड र स्टेज शो मात्र होइन उनले क्यानडामा रहेका नेपाली बालबालिका लाई लक्षित गरि नृत्य कक्षा पनि सञ्चालन गरिरहेका छन् । हरेक शनिवार सञ्चालन हुने नृत्य कक्षामा नेपाली विद्यार्थीहरुले नृत्य सिकिरहेका छन् । एभरेष्ट कला यात्रा मार्फत क्यानडाको ब्राम्टनमा सञ्चालित कक्षामा रोशन र स्वीकृतिले प्रशिक्षण दिइरहेका छन् ।
‘क्यानडामा दोस्रो पुस्तालाई नेपाली संस्कृति सिकाउन पाउदा खुसी लागेको छ’ रोशन भन्छन् ‘हाम्रो संस्कृतिलाई जिवन्त राख्न प्रबासमा यो आवस्यक छ ।’ त्यसो त रोशनलाई ठुलो पर्दाका लागी अफर नआएको होइन । ‘क्यानडामा रहेका कारण समय व्यावस्थापनमा कठिन भयो’ रोशनले भने- ‘अब भने ठुलो पर्दाको तयारीमा छु ।’

रङ्गमञ्चबाट आफ्नो करियर शुरु गरेका केसीले सडक नाटक, टेलि सिरियल, हास्य टेलिश्रृङ्खला ‘हिजो आजका कुरामा’ समेत अभिनय गरिसकेका छन् उनले । अब भने सबै तह बाट ठूलो पर्दाको लागि तयार रहेका केसी हरेक दिन फाइट तथा जिममा कडा मेहनत गरिरहेको बताउँछन् ।
अमेरिकामा स्थापित ग्लोवल फिल्म अवार्ड प्राप्त गरेका रोशनले एन आर एन क्यानडालगायत अटोवा, एडमन्टन, क्यालगारी, टोरोन्टोका नेपाली समुदाय एवम् संस्थाबाट पनि सम्मान प्राप्त गरेका छन् ।






