बिहानै पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी सृष्टिलाई ठक्कर दिए पछि बसमा आगजनी

काठमाडौं,
पुष ७ ।

काठमाडौंको चाबहिल क्षेत्र तनावग्रस्त बनेको छ । पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी सृष्टि पन्तलाई आज बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेका छन् ।

पशुपति क्याम्पसमा अध्ययनरत एक छात्रालाई बसले ठक्कर दिएपछि आक्रोशित विद्यार्थीहरुले गाडीमा आगजनी गरेका छन् । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छ । २१ वर्षीय सृष्टि पन्तलाई मध्यपुर ठिमी चल्ने बसले सोमबार बिहान सवा ६ बजेतिर सुकेधारामा ठक्कर दिएको थियो ।

आक्रोशित विद्यार्थीले मित्रपार्कस्थित पशुपति क्याम्पस अगाडि प्रदर्शन गरेका छन् । सो क्रममा एक बसमा आगजनी गरेका छन् ।

ठक्कर दिने गाडीका चालक र आगजनीमा संलग्न अन्य दुई जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिएको छ ।  दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो । बसमा पूर्णरुपमा क्षति पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार